Author: Binu Panthi
Title: Don't judge a book...
Literature Category: Misc

Don’t judge the book by its cover
 
यहाँ मेरो टपीक त किताबको बारे जस्तो लाग्छ तर मैले यहाँ कुरा गर्न खोजेकी मान्छेको बानी  अर्थात् Nature को बारे , हुनत सबै मान्छे को  Nature आफुमा  भिन्न-भिन्न  हुन्छ | कसैलाई  त  एस्तो र उस्तो भन्न अलि मिल्दैन जस्तो लाग्छ मलाई  | कोहि मान्छेको बानी आफुसंग मिले जस्तो लाग्छ भने हामी उसलाई आफ्नो मिल्ने साथी बताउछौ त कोहिसंग बानी मिलेन भने कस्तो  नराम्रो बानि रैछ भन्छौ , भनेपछि के यहाँ सबैलाई आफ्नै बानि मन पर्छ  त? चाहे त्यो बानि एउटा आदत होस् या सौख ?

अब कुरा गरौ मेरो टपीकको बारे “Don’t judge the book by its cover” के साँच्चै तपाईहरुलाई पनि येस्तै लाग्छ त ? एकदिन खाना पकाउदै थिए अचानक याद आयो, हामीले कति धेरै किताबहरु पढ्छोै, भनौ हरेक प्रकारको, हालसाल मैले दुईवटा बरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठको “ महको  म ” अनि हरिवंश आचार्यको “ चिना हराएको  मान्छे ” पनि पढे | मह जोडीलाई नचिन्ने यहाँ को होला र ?  हामीले त्यो किताबको कवर हेर्यो जहाँ बरिस्ठ कलाकारलाई देख्योै,  उहाँहरुले  लेखेको  किताब भनेर मन मनै judge पनि गर्यो होला, अनि पक्कै राम्रो होला भनेर पढ़ेउ | कतिपए त्यो book पढेको मेरो साथिले  मलाई “महको म ”  भन्दा “चिना हराएको  मान्छे ” मन पर्यो समेत भन्नु भयो | आखिर हामीले  त book को cover हेरेर नै  judge गर्यो हैन र ?  मलाई लाग्छ हामीले  जब book पढ्छोै त्यो बेला पक्कै cover त हे हेर्छौ होला जहाँ लेखकको नाम,  Book टाईटल, हुन्छ अनि निर्णय गर्छो book पढ्ने कि नपढ्ने | सायद त्य्सैलाई नै “Judge the Cover and Read Book ” भनिन्छ त ? यो मेरो लागि एउटा ठुलो प्रश्न यहिलेसम्म छ |

हजुरहरुलाई लाग्ला मैले पहिलो लाईनमै book को कुरा गर्न खोजेकी हैन भने अनि फेरी book कै कुरा गरे, त्यो मैले एउटा सानो उदाहरण दिएकी मात्र, मैले यहाँ महको प्रोमोशन गरेकी पनि होइन न त किताबको | मलाई लाग्छ त्यो दुईटा book को नाम नसुन्ने मान्छे अलि कमै होला र उदाहरण दिन सजिलो हुन्छ | मैले यहाँ मान्छेको बानीलाई औलाउन पनि खोजेकी हैन मात्र त्यो टोपीकसंग सम्भंधित केहि कुरा गर्न खोजेकी हु |

हामीले  हाम्रो जिन्दगीमा धेरै मान्छे भेट्छौ कोहि बाहिरी रुपले सुन्दर हुन्छन कोहि भित्रि  मनले , या भनौ कोहि दुवैमा राम्रा हुन्छन | आखिर कसले भन्छ बाहिरी रुपले राम्रा र भित्रि रुपले  राम्रा त्यो पनि त हामी नै हो नि हैन र ? “Don’t judge the book by its cover” or “judge the book by its cover” जस्तै भएन र? कतै-कतै त मैले सुन्ने गरेकी पनि छु “First Impression is Last Impression” …………

Please login to post your comment.